शिक्षक सेवा आयोगको तयारी मा रहनुभएका सम्पूर्ण
प्रतियोगी हरुलाई सफलताको शुभकामना सहित केहि महत्वपूर्ण सुझावहरु :
१.
तन मन र धनले सम्पूर्ण सामग्रीको संकलन गरि सूक्ष्म अध्यययन
गर्नुस /
२.
आधिकारिक स्रोत बाट
प्राप्त जानकारीलाई मात्र अध्ययन गर्नुस /
३.
प्रशस्त पानि पिउनुस
४.
प्रत्यक दिन को सुरुवात
संगीत सुनेर गर्नुस /
५.
पढेका कुरा लाइ सम्झने
साथै लेख्ने बानि गर्नुस
६.
लेखेको कुरा आफ्ना साथि
तथा विज्ञ लाई देखाई feedback लिनुस
७.
लेख्दा सादा पानाको
प्रयोग गर्नुस
८.
प्रश्न राम्रो संग पढेर
प्रश्न ले खोजेको उत्तर के हो भनि पत्ता लगाउनुस र लेखन सुरु गर्नुस
९.
जति सक्दो सटिक र
सूचीबद्ध लेख्ने प्रयास गर्नुस
१०.
उत्तर को सुरुवात
पृष्ठभूमि बाट गर्नुस
११.
लेखाइ को बीचमा तथ्यंक हरुको
प्रस्तुति ग्रफको प्रस्तुति तालिकाको प्रस्तुति गर्न नभुल्नुस
१२.
लेखाई को अन्त्य सटिक
तरिकाले गर्नुस
१३.
अक्षर सफा स्पस्ट र
आकर्षक लेख्नुस
१४.
लेखेको कुरालाई पुन एकपटक
पढ्नुस
१५.
प्रत्यक उत्तर को अन्त्य
मा वा बिचमा space राख्नुस / जसले गर्दा कुनै कुरा पछि सम्झिदा लेख्ने ठाउ रहोस
१६.
आत्मविश्वास राख्नुस तर
बढी आत्मविश्वास नराख्नुस
१७.
सबै को ज्ञान लाइ लिनुस र
आफ्नो भाषा मा लेख्ने प्रयास गर्नुस
१८.
अरुको भाषा लाइ हु-बहु
सर्ने काम नगर्नु होला
१९.
कुनै पनि प्रश्न नछोड्नुस
२०.
प्रत्येक प्रश्न को लागि
समान समय बिभजन गरि लेख्ने प्रयास गर्नुस
२१.
सकेसम्म समय भन्दा १०
मिनेट पहिले सकेर revise गर्नुस
२२.
सकेसम्म आफ्नो best दिनुस
अरुको सार्ने काम नगर्नुस
लेखक : शिक्षक सेवा आयोगको परीक्षा बाट सफल स्थाई शिक्षक हुनुहुन्छ /
No comments:
Post a Comment