Sunday, September 23, 2018

ACTION RESEARCH



म कसरी धेरै विद्यार्थीलाई सहज तरिकाले सिकाउन सक्छु?
परिचय:
    नेपालको शिक्षा प्रणालीले बिध्यालयतहमा  सामुदायिक र निजि गरि बिध्यालय लाई बर्गिकरण गरियको छ/ त्यसतै  नेपालको पुर्व मेची देखि पश्चीम महाकाली सम्म र उतरी हिमाल देखि तराई को सम्म फाँटसम्म गा. बि. . र वडा.पिच्छे सामुदायिक बिध्यालय रहेको छ/
    धेरैजसो सामुदायिक बिध्यालय भौतिक पूर्वाधार, अनुभवी र दक्ष  शिक्षक तथा सरकारी अनुदान र सहयोगका  बाबजुद पनि उच्च प्रतिफल दिन नसकेको प्रमाण हरेक पटक देखिने गरेको छ/
मुलत: देशमा छरियर रहेका सामुदायिक बिध्यालयहरु विद्यार्थीको अभावमा लंगडो भयर रहेको ज्वलन्त उदाहरण हामी सामुमा छ/ शहरी क्षेत्रका यकाध बिध्यालय बाहेक धेरैजसो बिध्यालयहरु कम बिध्यार्थीका   कारण समाहित हुने चरण मा पुगेका छन्/
हाल म अध्यापनरत ........................ मा. वी. पनि सामुदायिक बिध्यालय मध्येमा एक नमुना बिध्यालय हो/ यस विद्यालयको प्राथमिक तहदेखि  मा. बि. तहसम्म  नै धेरै बिद्यार्थी रहेका छन्/ प्राथमिक तहमा प्रति कक्षा  ७० भन्दा बढी तथा नि. मा. बि. र मा. बि. का  सबै कक्षाहरुंमा ५ भन्दा बढी बिद्यार्थी हरु एकै कक्षा राखेर  पढाउनु पर्ने बाध्यता रहेको छ/
यस विद्यालयको नजिकमा प्रशस्त प्रा.बि .   मा. बि. तहका बिध्यालयहरु रहेका साथै नजिकको दुरी मा प्रशस्त निजि बिद्यालय हरु रहेता पनि यस बिद्यालय मा बिद्यार्थी को अत्यधिक चाप रहेको छ | गाडी चढेर तथा वरिपरी को क्षेत्रबाट २ घण्टा सम्मको लामो बाटो हिडेर अध्ययन गर्ने आउने गरेका छन्/
प्रयाश: निम्न तथा मध्यम बर्गका आयश्रोत भएका साथै कम आय आर्जन भयका बिध्यर्थिहरु यहाँ अध्यनरत छन् भने, छात्र को तुलना मा छात्रा को संख्या अत्यधिक रहेको छ/

समस्याको कथन:
    ..............  मा. बि. को नि.  मा.  बि . तथा  मा. बि. तहमा बिज्ञान बिषय अध्यापन गराउछु/ ति कक्षाहरुमा बिध्यार्थिको संख्या सामान्य तह भन्दा बढी छन्/
कक्षा
बिद्यार्थी संख्या
१० क
७८ 
१० ख
७९ 
१० क
८ क 
८५
बिद्यार्थीहरुको बसाई व्यवस्थापन गर्नका लागि पर्याप्त मात्रामा भौतिक सामाग्रीहरु नहुनु, पर्याप्त मात्रामा शिक्षक दरबन्दी नहुनुका कारण धेरै बिध्यार्थिलाई एकै कोठामा राखियको छ/ लाम्चो आकारको कोठामा राखेर अगाडी बसीपढाउनु पर्ने हुदा सबै बिद्यार्थी लाई देख्न नसकिने अवस्था छ भने,सबै बिध्यार्थिलाई क्रियाकलापमा सहभागी गराऊन नसक्दा प्रभावकारी शिक्षण पटक्कै भएको छैन/
    एउटा बेन्चमा धेरै बिद्यार्थी कोचियार बस्नुपर्ने भएकोले उनीहरुको बसाई, पढाई, लेखी तथा क्रियाकलापमा सहजीकरण हुन सकेको छैन र अपेक्षित नतिजा पनि आउन सकेको छैन/
    बिभिन्न तह, क्षमता, समुदाय र भिन्न पृष्ठभुमिबाट आएका बिध्यार्थिलाई समुचित शिक्षण गर्न नसक्दा जान्ने र नजान्ने बिद्यार्थी बिचको अन्तर फराकिलो छ/

कक्षा
विस्तार
८ क
४२
९ ग
४६
१०  
२५
१०
५२


साथै बिध्यार्थी को कक्षागत उत्तीर्ण प्रतिशत पनि न्यून रहेको छ/
कक्षा
उत्तीर्ण प्रतिशत
८ क
%
९ ग
%
१०  
%
१०
%
अत: बिबिध समस्याका अतिरिक्त एउटा कक्षामा धेरै बिद्यार्थी राखेर शिक्षण सिकाई क्रियाकलाप गरिनु पनि एक टड्कारो समस्या हो/




समस्याका सम्भावित कारणहरु:
यो बिध्यालय काठमाडौं महानगरपालिका  वडा नं .................मा रहेको छ/यस बिध्यलयमा यस वडा  का सबै भागका अतिरिक्त छिमेकी नगरपालिका तथा अन्य जिल्ला बाट यहि स्थाई वा अस्थाई बसोबास गर्ने हरु समेत अध्ययन का लागि आउने गरेका छन् |  नजिक को निजि बिद्यालय हरु बाट समेत धेरै को  संख्या मा बिद्यार्थी हरु समेत नि. मा. बि. र मा. बि. तहमा अध्ययन  गर्न आउने हुदा उक्त तहमा बिद्यार्थी संख्या धेरै भइ शिक्षण सिकाई क्रियाकलाप सहज हुन नसकेको र उपलब्धि पनि राम्रो हुन नसकेको अवस्था छ/ तैपनि यस बिद्यालय को माध्यमिक शिक्षा परिक्षा को नतिजा अत्यन्त राम्रो रहेको छ | शिक्षण प्रक्रिया सहज हुन नसक्नुका अन्य कारणहरु निम्न हुन सक्छन/
१.    कक्षा बिभाजनका लागि पर्याप्त भौतिक अवस्था र जनशक्ति उपलब्ध नहुनु/
२.    शिक्षणका लागि बिध्यार्थी हरु बिचमा समूह निर्माण नगरिनु/
३.    शैक्षणीक सामग्रीको प्रयोग नहुनु, नगरिनु/
४.    बिद्यार्थी केन्द्रित बिधि प्रयोग नहुनु वा उक्त बिधि प्रयोगमा कठिनाई हुनु/
५.    सबैको क्षमता र स्तर अनुसारको शैक्षणीक क्रियाकलाप गर्न नसकिनु/
६.    सबै बिध्यार्थिलाई कक्षा उन्नति गरिनु/

हस्तक्षेपकारी प्रयास:
यी धेरै कारणहरु मध्ये मेरो प्रयासमा समाधान गर्न सकिने कारण भनेको कक्षा कोठामा बिध्यार्थीहरुको समूह निर्माण गर्नु र शिक्षण क्रियाकलाप लाई सहजीकरण गरिनु हो/ जसका लागि मैले कक्षा १० लाई आधार मानेर निम्न कार्य हरु गरें/
१.    बिद्यार्थी हरु बिचमा समूह निर्माण गरि सिकाई गर्नु र गराऊनु/
२.    Satellite learning group  को निर्माण गरि शिक्षण लाई सहजीकरण गर्नु/
३.    बिध्यार्थिलाई पाठ अनुसार समस्या समाधान गर्न दिनु/
उल्लेखित कार्यकलाप हरुलाई निम्नलिखित योजना अनुसार सम्पन्न गरियो/

कार्ययोजना:
सि.नं
अबधि
क्रियाकलाप
जिम्मेवारी
.
२०७४  पौष दोश्रो/ तेश्रो हप्ता
बिध्यार्थी को समूह निर्माण, साथि सिकाई का लागि उत्प्रेरणा
शिक्षक / बिध्यार्थी
.
२०७ पौष चौथो हप्ता
समस्या समाधान गर्न दिने, satellite समूह निर्माण गरि सिकाई
शिक्षक / बिध्यार्थी
.
२०७ माघ पहिलो हप्ता
बिद्यार्थी सामग्री निर्माणमा उत्प्रेरणा , सामग्रीको प्रयोग
शिक्षक / बिध्यार्थी

योजना अनुसारका कार्यहरु:
१.    २०७ पौषको दोस्रो हप्तामा कक्षा १० मा क्र. . १ देखि ६ सम्मका बिध्यार्थीहरुको नेतृत्वमा बिध्यार्थीहरुको समूह निर्माण गरियो/ कक्षामा पढाईका पाठहरु र क्रियाकलापहरु ती नेतृत्वकर्ता साथीहरुबाट सिक्न र नबुझेका कुराहरु सोध्न तथा सिक्न उत्प्रेरित गरियो/
२.    २०७ पौषको चौथो हप्ता देखि  कक्षा १० का बिद्यार्थीहरुलाई समस्या समाधानका लागि प्रश्नापत्रका सेटहरू समाधान गर्न दिईयो/ कार्य योजना १ का समूह नेता लाई  छुट्टै समूह मा राखी समस्याको समाधान गरियो र उक्त समाधान आ आफ्नो समुह का साथीहरुलाई सिकाउन जिम्मा दिईयो/
३.    २०७ माघको पहिलो हप्तामा कक्षा १० का  सम्पूर्ण बिद्यार्थी हरुलाई परियोजना कार्य दिईयो/ र ३ दिन भित्र पुरा गरि बुझाउन भनियो/ उक्त परियोजना कार्य अनुसार यस्ता कार्य हरु दिईयो/
क.   आफ्नो वरिपरी पाईने ५ वटा फुल फुल्ने बनस्पति को नाम र बर्गिकरण गरि मुख्य ३/३ वटा गुणहरु लेख/ चार्ट पेपर मा मुटु तथा ग्रन्थी प्रणाली को नामांकित चित्र बनाइ कक्षा मा प्रस्तुत गर्ने |
ख.   कार्वन डाई अक्साइड र एमोनिया ग्यास बनाउने बिधि को चित्र बनाई रासायनिक प्रतिकृया तथा भौतिक र रासायनिक गुणहरु लेख (चार्ट पेपर मा )   आदि/


नतिजा विश्लेषण:
कक्षा १० मा विभिन्न चरणहरुमा गरियको यी कार्यहरु सकारात्मक रहेको र  शिक्षण सिकाई प्रभावकारी भएको देखियो/
१.    समुह बनाउदा र आफ्नो सथिसंग सिक्न पाउदा बिध्यार्थीहरुले बढी सिकेको र पढाई मा बढिमन लगायको पाइयो/
२.    कक्षा क्रियाकलाप स-साना समूह मा गरिने हुदा सबै जना सहभागी हुने र सबै को सक्रियता मा सहजतापूर्वक सिकाई सम्पन्न भयो/
३.    कम समयमा कार्य सम्पन्न हुने भयो/
४.    आफैले कार्य गर्ने संकलन गर्ने तथा ब्याख्या गर्ने हुदा बढीजानकारी प्राप्त भएको पाइयो/
५.    साथै उक्त क्रियाकलापका कारण कक्षा १० को SEE  तयारी परीक्षामा उल्लेख्य सुधार भएको देखियो/
क्र.सं.
सूचक
उपलब्धि

अहिले
.
उत्तीर्ण प्रतिशत
२८%
६१%
.
औसत प्राप्तांक
३०
४०

प्रतिबिम्बन:
कार्ययोजना र क्रियाकलाप अनुसार बिध्यार्थीहरुको उपलब्धिमा सुधार आयको देखियाकोले यो बिधि समस्या समाधान को लागि सकारात्मक भयको देखिन्छ/ साथै समयानुकुल नया तरिका र विधिको लामोसमय सम्म उपयोग गर्दा उल्लेख्य सुधार आउनेछ/
अझैपनि जान्ने र नजान्ने बिचको अन्तर धेरै रहेकोले यो बिधि लै अझै कमजोर  बिध्यार्थिको स्तर सुधारमा  लगाउनु आवस्यक देखिन्छ/
निष्कर्ष:
मेरो अध्ययन, कार्ययोजना तथा प्राप्तिका आधारमा निम्नलिखित निष्कर्ष निस्किन्छ/
१.    नि मा बि र मा बि का सबै कक्षा मा यस्तै समस्या रहेकोले सबै कक्षामा उक्त बिधि अपनाउनुपर्ने देखिन्छ/
२.    बिध्यार्थिमा सकारात्मक प्रभाव परेको देखियो/
३.    यो सिमित अबधिको कार्यक्रम भएकोले धेरै सुधार नभएकोले लामो समय सम्म लागू गर्नुपर्ने देखियो/
४.    यी र यस्तै अन्य विधिको पहिचान गरि लागू गर्नुपर्ने देखियो/
प्रबोधिकरण:
यो बिधि उपलब्धिपूर्ण देखिएकोले सम्पूर्ण कक्षाहरुमा यसको प्रयोग गर्दैजादा उल्लेख्य सुधार आउनेछ /
.....................................
मा . वि.  तह
सिटरोल नं : १२३४५६७८














No comments:

Post a Comment

Exploring The Project

The Project Details: This project was designed and planned by Teacher Sayesta. The students explored everything about the picture drawn by t...