Wednesday, October 10, 2018
Monday, October 1, 2018
फ्लोराइड र यसको असर
फ्लोराइड र यसको असर
हामीले प्रतेक
दिन बिहान तथा बेलुकी दांत सफा गर्न प्रयोग गर्ने tooth paste फ्लोराइड युक्त भएको
भनेर बिज्ञापन गरिन्छ | यस्तो tooth paste को प्रयोगले दांत बलियो हुने भन्दै
प्रचार गरिन्छ | तर यसका नकारात्मक पक्षका बारेमा भने कुनै जानकारी नै नदिएको
पाइन्छ | युरोप तथा अमेरिकन लगायत बिकसित देश हरुमा यसले गर्ने नकारात्मक असरका
कारण यस्तो फ्लोराइड युक्त tooth paste बन्द गरिनुका साथै पूर्ण रुपमा बन्देज लगाईएको
छ |
फ्लोराइड रा
यसबाट हुने असर सम्बन्धि केहि जानकारी :
१.
३०० भन्दा बढी अध्ययन हरु
ले फ्लोराइड मस्तिस्क मा असर गर्ने रासायनिक पदार्थ रहेको पुस्टि गरेको छ |
२.
१०० भन्दा बढी जनावर मा
गरिएको अध्ययन क आधारमा, लामो समयसम्म फ्लोराइड को प्रयोग गर्दा मस्तिस्क लाई
बिगार्ने परिणाम प्राप्त भयो |
३.
५३ भन्दा बढी मानिस मा
गरिएको अध्ययनले फ्लोराइड को कारण मानिसको दिमागको क्षमता ह्रास हुने कुरा प्रस्ट
भएको छ |
४.
४५ भन्दा बढी मुसा तथा
बिरालो मा गरिएको अध्ययन ले फ्लोराइड को कारण सम्झने क्षमता नस्ट हुने कुरा
प्रमाणित भएको छ |
५.
३ जना मानिसमा गरिएको
अध्ययन अनुसार फ्लोराइड को कारण कम बिकसित मस्तिस्क युक्त बच्चाको जन्म हुने कुरा
प्रमाणित भएको छ |
६.
In 2006, the National Research Council (NRC) stated that “it is apparent that fluorides
have the ability to interfere with the functions of the brain.” In addition to
calling for U.S.-based research on fluoride’s IQ effects, the NRC expressed
concern about fluoride’s possible contribution to dementia. According to the NRC:
७.
In July of 2012, a team of Harvard
researchers published a “meta-analysis” of 27
studies that have investigated the relationship between fluoride and human
intelligence. (Choi 2012) The overwhelming majority of these studies found that
fluoride exposure was associated with reduced IQ in children. In fact, 26 of
the 27 studies that met the Harvard team’s inclusion criteria found a
relationship between elevated fluoride and reduced IQ. The Harvard team thus
concluded that fluoride’s effect on the developing brain of children should be
a “high research priority” in countries like the U.S. where, despite mass
fluoridation programs, no studies have yet been conducted to investigate the
issue.
८.
In March of 2014, the prestigious medical
journal The Lancet published a review of
“developmental neurotoxicity” which concluded that fluoride is one of only 11
chemicals that is known to damage the developing brain. Developmental
neurotoxins are capable of causing widespread brain disorders such as autism,
attention deficit hyperactivity disorder, learning disabilities, and other
cognitive impairments. The harm is often untreatable and permanent.
अत : यस्तो
हानिकारक फ्लोराइड युक्त tooth paste को प्रयोग लाई रोकी अन्य paste को प्रयोग
गर्ने हो कि ?
(विभिन्न website
तथा एजेन्सी हरुको सहयोगमा तयार पारिएको )
: Prominent kids.
Thursday, September 27, 2018
शिक्षक सेवा आयोग तयारी टिप्स
शिक्षक सेवा आयोगको तयारी मा रहनुभएका सम्पूर्ण
प्रतियोगी हरुलाई सफलताको शुभकामना सहित केहि महत्वपूर्ण सुझावहरु :
१.
तन मन र धनले सम्पूर्ण सामग्रीको संकलन गरि सूक्ष्म अध्यययन
गर्नुस /
२.
आधिकारिक स्रोत बाट
प्राप्त जानकारीलाई मात्र अध्ययन गर्नुस /
३.
प्रशस्त पानि पिउनुस
४.
प्रत्यक दिन को सुरुवात
संगीत सुनेर गर्नुस /
५.
पढेका कुरा लाइ सम्झने
साथै लेख्ने बानि गर्नुस
६.
लेखेको कुरा आफ्ना साथि
तथा विज्ञ लाई देखाई feedback लिनुस
७.
लेख्दा सादा पानाको
प्रयोग गर्नुस
८.
प्रश्न राम्रो संग पढेर
प्रश्न ले खोजेको उत्तर के हो भनि पत्ता लगाउनुस र लेखन सुरु गर्नुस
९.
जति सक्दो सटिक र
सूचीबद्ध लेख्ने प्रयास गर्नुस
१०.
उत्तर को सुरुवात
पृष्ठभूमि बाट गर्नुस
११.
लेखाइ को बीचमा तथ्यंक हरुको
प्रस्तुति ग्रफको प्रस्तुति तालिकाको प्रस्तुति गर्न नभुल्नुस
१२.
लेखाई को अन्त्य सटिक
तरिकाले गर्नुस
१३.
अक्षर सफा स्पस्ट र
आकर्षक लेख्नुस
१४.
लेखेको कुरालाई पुन एकपटक
पढ्नुस
१५.
प्रत्यक उत्तर को अन्त्य
मा वा बिचमा space राख्नुस / जसले गर्दा कुनै कुरा पछि सम्झिदा लेख्ने ठाउ रहोस
१६.
आत्मविश्वास राख्नुस तर
बढी आत्मविश्वास नराख्नुस
१७.
सबै को ज्ञान लाइ लिनुस र
आफ्नो भाषा मा लेख्ने प्रयास गर्नुस
१८.
अरुको भाषा लाइ हु-बहु
सर्ने काम नगर्नु होला
१९.
कुनै पनि प्रश्न नछोड्नुस
२०.
प्रत्येक प्रश्न को लागि
समान समय बिभजन गरि लेख्ने प्रयास गर्नुस
२१.
सकेसम्म समय भन्दा १०
मिनेट पहिले सकेर revise गर्नुस
२२.
सकेसम्म आफ्नो best दिनुस
अरुको सार्ने काम नगर्नुस
लेखक : शिक्षक सेवा आयोगको परीक्षा बाट सफल स्थाई शिक्षक हुनुहुन्छ /
ACTIVITES
Sunday, September 23, 2018
ACTION RESEARCH
म कसरी धेरै
विद्यार्थीलाई सहज तरिकाले सिकाउन सक्छु?
परिचय:
नेपालको शिक्षा प्रणालीले
बिध्यालयतहमा सामुदायिक र निजि गरि
बिध्यालय लाई बर्गिकरण गरियको छ/ त्यसतै नेपालको
पुर्व मेची देखि पश्चीम महाकाली सम्म र उतरी हिमाल देखि तराई को सम्म फाँटसम्म गा. बि. स. र वडा.पिच्छे सामुदायिक बिध्यालय रहेको छ/
धेरैजसो सामुदायिक
बिध्यालय भौतिक पूर्वाधार, अनुभवी र दक्ष शिक्षक
तथा सरकारी अनुदान र सहयोगका बाबजुद पनि
उच्च प्रतिफल दिन नसकेको प्रमाण हरेक पटक देखिने गरेको छ/
मुलत: देशमा छरियर रहेका
सामुदायिक बिध्यालयहरु विद्यार्थीको अभावमा लंगडो भयर रहेको ज्वलन्त उदाहरण हामी
सामुमा छ/ शहरी क्षेत्रका यकाध
बिध्यालय बाहेक धेरैजसो बिध्यालयहरु कम बिध्यार्थीका कारण समाहित हुने चरण मा पुगेका छन्/
हाल म अध्यापनरत
........................ मा. वी. पनि सामुदायिक बिध्यालय मध्येमा एक नमुना बिध्यालय हो/ यस विद्यालयको प्राथमिक
तहदेखि मा. बि. तहसम्म नै धेरै बिद्यार्थी रहेका छन्/ प्राथमिक तहमा
प्रति कक्षा ७० भन्दा बढी तथा नि. मा. बि. र मा. बि. का सबै कक्षाहरुंमा
८५ भन्दा बढी बिद्यार्थी हरु एकै कक्षा राखेर
पढाउनु पर्ने बाध्यता रहेको छ/
यस विद्यालयको नजिकमा प्रशस्त प्रा.बि . र मा. बि. तहका बिध्यालयहरु रहेका साथै नजिकको दुरी
मा प्रशस्त निजि बिद्यालय हरु रहेता पनि यस बिद्यालय मा बिद्यार्थी को अत्यधिक चाप
रहेको छ | गाडी चढेर तथा
वरिपरी को क्षेत्रबाट २ घण्टा
सम्मको लामो बाटो हिडेर अध्ययन गर्ने आउने गरेका छन्/
प्रयाश: निम्न तथा मध्यम
बर्गका आयश्रोत भएका साथै कम आय आर्जन भयका बिध्यर्थिहरु यहाँ अध्यनरत छन् भने, छात्र को तुलना मा
छात्रा को संख्या अत्यधिक रहेको छ/
समस्याको कथन:
म .............. मा. बि. को नि. मा. बि .
तथा मा. बि. तहमा बिज्ञान बिषय अध्यापन गराउछु/ ति कक्षाहरुमा बिध्यार्थिको संख्या सामान्य तह
भन्दा बढी छन्/
कक्षा
|
बिद्यार्थी संख्या
|
१० क
|
७८
|
१० ख
|
७९
|
१० क
|
८६
|
८ क
|
८५
|
बिद्यार्थीहरुको बसाई
व्यवस्थापन गर्नका लागि पर्याप्त मात्रामा भौतिक सामाग्रीहरु नहुनु, पर्याप्त मात्रामा शिक्षक
दरबन्दी नहुनुका कारण धेरै बिध्यार्थिलाई एकै कोठामा राखियको छ/ लाम्चो आकारको कोठामा
राखेर अगाडी बसीपढाउनु पर्ने हुदा सबै बिद्यार्थी लाई देख्न नसकिने अवस्था छ भने,सबै बिध्यार्थिलाई
क्रियाकलापमा सहभागी गराऊन नसक्दा प्रभावकारी शिक्षण पटक्कै भएको छैन/
एउटा बेन्चमा धेरै
बिद्यार्थी कोचियार बस्नुपर्ने भएकोले उनीहरुको बसाई, पढाई, लेखी तथा क्रियाकलापमा सहजीकरण हुन सकेको छैन र अपेक्षित
नतिजा पनि आउन सकेको छैन/
बिभिन्न तह, क्षमता, समुदाय र भिन्न
पृष्ठभुमिबाट आएका बिध्यार्थिलाई समुचित शिक्षण गर्न नसक्दा जान्ने र नजान्ने
बिद्यार्थी बिचको अन्तर फराकिलो छ/
कक्षा
|
विस्तार
|
८ क
|
४२
|
९ ग
|
४६
|
१० ख
|
२५
|
१० क
|
५२
|
साथै बिध्यार्थी को कक्षागत उत्तीर्ण प्रतिशत
पनि न्यून रहेको छ/
कक्षा
|
उत्तीर्ण प्रतिशत
|
८ क
|
२७%
|
९ ग
|
२२%
|
१० ख
|
२८%
|
१० क
|
२६ %
|
अत: बिबिध समस्याका अतिरिक्त एउटा कक्षामा धेरै बिद्यार्थी
राखेर शिक्षण सिकाई क्रियाकलाप गरिनु पनि एक टड्कारो समस्या हो/
समस्याका सम्भावित कारणहरु:
यो बिध्यालय काठमाडौं
महानगरपालिका वडा नं .................मा रहेको छ/यस बिध्यलयमा यस वडा का सबै भागका अतिरिक्त छिमेकी नगरपालिका तथा
अन्य जिल्ला बाट यहि स्थाई वा अस्थाई बसोबास गर्ने हरु समेत अध्ययन का लागि आउने
गरेका छन् | नजिक को निजि
बिद्यालय हरु बाट समेत धेरै को संख्या मा
बिद्यार्थी हरु समेत नि. मा. बि. र मा. बि. तहमा अध्ययन गर्न
आउने हुदा उक्त तहमा बिद्यार्थी संख्या धेरै भइ शिक्षण सिकाई क्रियाकलाप सहज हुन
नसकेको र उपलब्धि पनि राम्रो हुन नसकेको अवस्था छ/ तैपनि यस
बिद्यालय को माध्यमिक शिक्षा परिक्षा को नतिजा अत्यन्त राम्रो रहेको छ | शिक्षण प्रक्रिया सहज हुन
नसक्नुका अन्य कारणहरु निम्न हुन सक्छन/
१. कक्षा बिभाजनका लागि
पर्याप्त भौतिक अवस्था र जनशक्ति उपलब्ध नहुनु/
२. शिक्षणका लागि बिध्यार्थी
हरु बिचमा समूह निर्माण नगरिनु/
३. शैक्षणीक सामग्रीको
प्रयोग नहुनु, नगरिनु/
४. बिद्यार्थी केन्द्रित
बिधि प्रयोग नहुनु वा उक्त बिधि प्रयोगमा कठिनाई हुनु/
५. सबैको क्षमता र स्तर
अनुसारको शैक्षणीक क्रियाकलाप गर्न नसकिनु/
६. सबै बिध्यार्थिलाई कक्षा
उन्नति गरिनु/
हस्तक्षेपकारी प्रयास:
यी धेरै कारणहरु मध्ये
मेरो प्रयासमा समाधान गर्न सकिने कारण भनेको कक्षा कोठामा बिध्यार्थीहरुको समूह
निर्माण गर्नु र शिक्षण क्रियाकलाप लाई सहजीकरण गरिनु हो/ जसका लागि मैले कक्षा १० लाई आधार मानेर निम्न
कार्य हरु गरें/
१. बिद्यार्थी हरु बिचमा
समूह निर्माण गरि सिकाई गर्नु र गराऊनु/
२. Satellite learning group को निर्माण गरि शिक्षण लाई सहजीकरण गर्नु/
३. बिध्यार्थिलाई पाठ अनुसार समस्या समाधान गर्न दिनु/
उल्लेखित
कार्यकलाप हरुलाई निम्नलिखित योजना अनुसार सम्पन्न गरियो/
कार्ययोजना:
सि.नं
|
अबधि
|
क्रियाकलाप
|
जिम्मेवारी
|
१.
|
२०७४ पौष दोश्रो/ तेश्रो हप्ता
|
बिध्यार्थी को समूह निर्माण, साथि सिकाई का लागि उत्प्रेरणा
|
शिक्षक / बिध्यार्थी
|
२.
|
२०७४ पौष चौथो हप्ता
|
समस्या समाधान गर्न दिने, satellite समूह निर्माण गरि सिकाई
|
शिक्षक / बिध्यार्थी
|
३.
|
२०७४ माघ पहिलो हप्ता
|
बिद्यार्थी सामग्री निर्माणमा उत्प्रेरणा , सामग्रीको प्रयोग
|
शिक्षक / बिध्यार्थी
|
योजना अनुसारका
कार्यहरु:
१. २०७४ पौषको दोस्रो
हप्तामा कक्षा १० मा क्र. स. १ देखि १६ सम्मका बिध्यार्थीहरुको नेतृत्वमा
बिध्यार्थीहरुको समूह निर्माण गरियो/ कक्षामा पढाईका पाठहरु र क्रियाकलापहरु
ती नेतृत्वकर्ता साथीहरुबाट सिक्न र नबुझेका कुराहरु सोध्न तथा सिक्न उत्प्रेरित
गरियो/
२. २०७४ पौषको चौथो हप्ता
देखि कक्षा १० का बिद्यार्थीहरुलाई समस्या
समाधानका लागि प्रश्नापत्रका सेटहरू समाधान गर्न दिईयो/ कार्य योजना १ का समूह नेता लाई छुट्टै समूह मा राखी समस्याको समाधान गरियो र
उक्त समाधान आ आफ्नो समुह का साथीहरुलाई सिकाउन जिम्मा दिईयो/
३. २०७४ माघको पहिलो
हप्तामा कक्षा १० का सम्पूर्ण बिद्यार्थी
हरुलाई परियोजना कार्य दिईयो/ र ३ दिन भित्र पुरा गरि बुझाउन भनियो/ उक्त परियोजना कार्य अनुसार यस्ता कार्य हरु दिईयो/
क. आफ्नो वरिपरी पाईने ५ वटा फुल फुल्ने बनस्पति को नाम र
बर्गिकरण गरि मुख्य ३/३ वटा गुणहरु लेख/ चार्ट पेपर मा मुटु तथा ग्रन्थी प्रणाली को नामांकित चित्र
बनाइ कक्षा मा प्रस्तुत गर्ने |
ख. कार्वन डाई अक्साइड र एमोनिया ग्यास बनाउने बिधि को चित्र
बनाई रासायनिक प्रतिकृया तथा भौतिक र रासायनिक गुणहरु लेख (चार्ट पेपर मा ) आदि/
नतिजा विश्लेषण:
कक्षा १० मा विभिन्न चरणहरुमा गरियको यी कार्यहरु सकारात्मक
रहेको र शिक्षण सिकाई
प्रभावकारी भएको देखियो/
१. समुह बनाउदा र आफ्नो सथिसंग सिक्न पाउदा बिध्यार्थीहरुले
बढी सिकेको र पढाई मा बढिमन लगायको पाइयो/
२. कक्षा क्रियाकलाप स-साना समूह मा गरिने हुदा सबै जना सहभागी
हुने र सबै को सक्रियता मा सहजतापूर्वक सिकाई सम्पन्न भयो/
३. कम समयमा कार्य सम्पन्न हुने भयो/
४. आफैले कार्य गर्ने संकलन गर्ने तथा ब्याख्या गर्ने हुदा
बढीजानकारी प्राप्त भएको पाइयो/
५. साथै उक्त क्रियाकलापका कारण कक्षा १० को SEE तयारी परीक्षामा उल्लेख्य सुधार भएको देखियो/
क्र.सं.
|
सूचक
|
उपलब्धि
|
|
अहिले
|
|||
१.
|
उत्तीर्ण प्रतिशत
|
२८%
|
६१%
|
२.
|
औसत प्राप्तांक
|
३०
|
४०
|
प्रतिबिम्बन:
कार्ययोजना र क्रियाकलाप अनुसार बिध्यार्थीहरुको उपलब्धिमा
सुधार आयको देखियाकोले यो बिधि समस्या समाधान को लागि सकारात्मक भयको देखिन्छ/ साथै समयानुकुल नया तरिका र विधिको लामोसमय सम्म उपयोग
गर्दा उल्लेख्य सुधार आउनेछ/
अझैपनि जान्ने र नजान्ने बिचको अन्तर धेरै रहेकोले यो बिधि
लै अझै कमजोर बिध्यार्थिको स्तर
सुधारमा लगाउनु आवस्यक देखिन्छ/
निष्कर्ष:
मेरो अध्ययन, कार्ययोजना तथा प्राप्तिका आधारमा
निम्नलिखित निष्कर्ष निस्किन्छ/
१. नि मा बि र मा बि का सबै कक्षा मा यस्तै समस्या रहेकोले सबै
कक्षामा उक्त बिधि अपनाउनुपर्ने देखिन्छ/
२. बिध्यार्थिमा सकारात्मक प्रभाव परेको देखियो/
३. यो सिमित अबधिको कार्यक्रम भएकोले धेरै सुधार नभएकोले लामो
समय सम्म लागू गर्नुपर्ने देखियो/
४. यी र यस्तै अन्य विधिको पहिचान गरि लागू गर्नुपर्ने देखियो/
प्रबोधिकरण:
.....................................
मा . वि. तह
सिटरोल नं : १२३४५६७८
Subscribe to:
Posts (Atom)
Exploring The Project
The Project Details: This project was designed and planned by Teacher Sayesta. The students explored everything about the picture drawn by t...

-
Prominent place for the prominent kids We welcome you all in prominent kids school. It's completely Montessori based school. It...
-
The Project Details: This project was designed and planned by Teacher Sayesta. The students explored everything about the picture drawn by t...
-
THE PROMINENT POEM The poem prepared by students of grades five and Six is published below. They composed the poem within twenty minutes a...
-
विद्यालय व्यवस्थापनमा प्रधानाध्यापकको भुमिका: एक जटिल विश्व शिक्षामा अभ्यास र अपेक्षाहरू (Role of Headteacher in School Management: Practi...
-
Some school activities related to different practical activities..... christmas दशैं स्पोर्ट्स क्षेत्र भ्रमण kri...
-
फ्लोराइड र यसको असर हामीले प्रतेक दिन बिहान तथा बेलुकी दांत सफा गर्न प्रयोग गर्ने tooth paste फ्लोराइड युक्त भएको भनेर बिज्ञापन गरिन्छ ...
-
म कसरी धेरै विद्यार्थीलाई सहज तरिकाले सिकाउन सक्छु ? परिचय : नेपालको शिक्षा प्रणालीले बिध्यालयतहमा सामुदायिक र निजि गरि बिध्या...
-
शिक्षक सेवा आयोगको तयारी मा रहनुभएका सम्पूर्ण प्रतियोगी हरुलाई सफलताको शुभकामना सहित केहि महत्वपूर्ण सुझावहरु : १. तन मन र धनले...
-
https://youtu.be/w2dkgrMokq4
-
https://www.youtube.com/watch?v=IGEZtIOLOMQ